१ असार २०८१, शनिबार | Sat Jun 15 2024


पाकिस्तानमा बाढीका कारण १० वटा पुल भत्किए, सयौं मानिस नदी पारी फसे

उद्धार गर्न कठिन

1.43k
Shares

एजेन्सी । पाकिस्तानमा खैबर पख्तुन्ख्वा प्रान्तको मानुर उपत्यकामा आएको बाढीका कारण १० वटा पुल भत्काएकाे छ ।

साेही पुल भत्किएसँगै सयौं मानिस नदी पारी फसेका हुन् । गत शुक्रबार आएको बाढीमापरि सोही क्षेत्रमा १५ जनाको मृत्यु भएको छ । मानुर उपत्यकाको नदीमा फसेका सर्वसाधारणले आफूहरूको उद्धार गर्न बारम्बार अपील गरिरहेका छन् । यद्दपी पुल भत्केका कारण उद्धार कार्यमा भने कठिनाई भइरहेको पाकिस्तानी अधिकारीहरूले बताएका छन् ।

पर्यटकको रोजाइमा परेको पहाडी मानुर उपत्यका जोड्ने पक्की पुल नै बाढीले बगाएपछि खोला छेउका गाउँहरू नै कटान हुँदा सयौं बिचल्लीमा परेका छन् । खोला किनार र नदीमा फसेकाहरूको लागि खाद्यान्नको ब्यवस्था गर्न समेत अप्ठेरो परेको छ ।

पाकिस्तानमा आएको बाढीका कारण हालसम्म १ हजार ३० भन्दा बढी मानिसकाे मृत्यु भइसकेको छ । यसैबीच पाकिस्तानका प्रधानमन्त्री शहनवाज सरिफले बाढीबाट सबै भन्दा बढी प्रभावित खाइबर पाख्तुन्ख्वा प्रान्तका पीडितहरूलाई सहयोग स्वरूप ४ करोड ५० लाख अमेरिकी डलर प्रदान गर्ने घोषणा गर्नुभएको छ ।