१ असार २०८१, शनिबार | Sat Jun 15 2024


चोक-चोकमा प्रोजेक्ट राखेर फिल्म चलाउँछौ : प्रदीप खड्का


2.379k
Shares

काठमाडौं । अभिनेता प्रदीप खड्काले चलचित्र प्रकाशलाई हलहरुमा प्रदर्शनको लागि स्थान नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले नेपाली कथावस्तु बोकेको बौद्धिक चलचित्रलाई हलहरुले प्रदर्शनको लागि स्थान नदिएको बताए ।

अभिनेता खड्काले दर्शकको माग आइरहेको अवस्थामा समेत आफूलाई निशाना बनाएर हलहरुले स्थान नदिएको गुनासो गरे । उनले प्रकाशलाई ३ बजेपछिको शोजहरु पनि नदिएको र बिहानको शोहरु पनि नदिएको बताए । उनले ठूलो हलहरुले नै नेपाली फिल्मलाई बेवास्ता गरेको भन्दै अब फिल्म चोकचोकमा प्रोजेक्टर लगाएर देखाउनुपर्ने भएको बताए । उनले प्रकाश फिल्म पैसा कमाउनका लागि नभइ कर्णालीको कथा देखाउने मुल उद्देशय रहेको बताए । उनले शो नपाए चोक चोकमा प्रोजेक्टर लगाएर फिल्म चलाउने बताए ।

अभिनेता खड्काले सिनेघर सञ्चालकहरुको नियतमा खोट रहेको दाबी गर्नुभयो ।