
पाेखरा । जुम्लाका किसानलाई अहिले स्याउ टिप्ने चटारो परेकाे छ ।
स्याउ पाकेसँगै किसानहरुलाई स्याउ टिप्ने चटारो परेको हो । तिला गाउँपालिका–१ का स्याउ किसान माने रावतले स्याउ बिक्रीका लागि बजारसम्म पुर्याउन हतारो भएको बताउनुभयो । अहिले गाउँमा बगैंचाका स्याउ टिपेर बिक्री समेत गर्न थालिएको छ ।
किसानहरुले स्थानीय जातको स्याउ र गोल्डेन जातका स्याउ लगाएका छन् । स्थानीय जातको जुम्ली स्याउ पाक्न थालेको छ। बर्गैचाबाट प्रतिकेजी ६० रुपैयाँमा स्याउ बिक्री हुन थालेको किसानहरुले बताएका छन् ।
माग अनुसारको आपूर्ति गर्न नसकिएको पनि किसानहरुको भनाइ छ । स्थानीय व्यापारीले सुर्खेत नेपालगञ्जलगायतका बजारमा पुर्याएर स्याउ बेच्ने गर्दछन् । स्थानीय बाहेकका स्याउ भने अझै पाकिसकेका छैनन् ।
कृषि विकास कार्यालय जुम्लाले जिल्लाका किसानदेखि उद्यमी र समूहलाई ५० प्रतिशत अनुदानमा स्याउका बिरुवा दिने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्