Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


कांग्रेस नेता गिरीको स्वास्थ्य अवस्था जटिल बन्दै


3.7k
Shares

काठमाडौं। नेपाली कांग्रेस नेता प्रदिप गिरीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाे छ ।

नेता गिरीकाे स्वास्थ्य अवस्था जटिल भएपछि परिवारले उहाँको स्वास्थ्य लाभको प्रार्थना गर्न सबैमा अपील समेत गरेको हाे । नेता गिरीकी पत्नी भारती सिलवालले शनिबार एक विज्ञप्ति जारी गर्दै पतिको स्वास्थ्य लाभको प्रार्थना गर्न अपील गर्नुभएको छ।

घाँटीको क्यान्सरको उपचार गराएर भारतबाट फर्किनुभएका गिरिलाई निमोनिया भएपछि करिब एक महिनादेखि ललितपुरको मेडिसिटी अस्पतालमा राखेर उपचार भइरहेको छ । नेता गिरीमा निमोनिया बढेको र यसले शरीरका अधिकांश अंगहरु फेल भइरहेको जारी विज्ञप्तिमा भनिएकाे छ ।

नेता गिरीलाई स्वासप्रस्वास प्रक्रिया सहज बनाउन बिहिबार बिहानदेखि भेन्टिलेटरको सपोर्टमा राखिएको थियाे ।