Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


दिलविकासले छोडे कमल थापालाई


364
Shares

काठमाडौं । राप्रपा नेपालमा गएका दिलविकास राजभण्डारी पुनः राजेन्द्र लिङदेन नेतृत्वको राप्रपामा फर्किएका छन् ।

गत साउन ७ गते राप्रपा नेपालका अध्यक्ष कमल थापाले भण्डारीलाई उपाध्यक्ष पदमा मनोनित गरेका थिए । बृहदत्तर राष्ट्रवादी शक्ति निर्माण गरी राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनाको पक्षमा राष्ट्रिय वातावरण तयार गर्नका लागि वर्तमान अवस्थामा राप्रपालाई बलियो बनाउनुको बिकल्प नभएका कारण आफूले कमल थापा नेतृत्वको राप्रपा नेपाल परित्याग गरेर राप्रमामा फर्किएको भण्डारीद्वारा बिहिबार जारी विज्ञप्तिमा उल्लेख छ ।