दार्चुलामा जीप दुर्घटना : ५ जनाको मृत्यु, ९ घाइते « Imagekhabar – Online News Portal of Nepal
१५ आश्विन २०७९, शनिबार | Sat Oct 1 2022


दार्चुलामा जीप दुर्घटना : ५ जनाको मृत्यु, ९ घाइते


260
Shares

कैलाली । दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी ९ जना घाइते भएका छन् । बुधबार दार्चुलाको गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ को उल्लानीमा दुर्घटनामा परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

जीपमा सवार चार पुरुष र एक महिला गरी पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकामध्य चार जनाको उद्दार गरेर उपचारका लागि गोकुलेश्वर पठाइएको छ भने अन्य घाइतेको उद्दार भइरहेको छ । जीप सडकबाट करीब पाँच सय मिटर तल खसेको छ ।