
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रार्थना जरुरी रहेको भन्दै चर्चहरु खोल्नुपर्ने बताएका छन् ।
ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले चर्चहरु बन्द गर्नुको सट्टा खोल्न जरुरी रहेको बताएका हुन ।
गत मार्चमा प्रान्तका गर्भनरहरुले चर्चसंगै व्यापारिक प्रतिष्ठान र सार्वजनिक स्थल बन्द गर्ने निर्णय गरेका थिए ।
अहिले पनि चर्च खोलेमा कति मानिस भेला हुन पाउने भन्ने अन्तिम निर्णय उनीहरुले नै गर्ने छन् ।
अमेरिकी राष्ट्रपतिले गर्भनरहरुलाई चर्च खोल्ने विषयमा सहमत गराउन सकेपनि चर्च खोल्ने निर्देशन दिन भने नसक्ने अबस्था छ ।
ट्रम्पले गभर्नरहरुलाई चर्च खोल्न बाध्य पारेमा नजिकिंदा राष्ट्रपतीय निर्वाचनमा उनलाई राजनीतिक घाटा हुनसक्छ वा यसले कानुनी लडाईंको रुप लिन सक्छ ।
अमेरिकामा कोरोना महामारीसँगै चर्चहरुमा भेला हुन बन्द गरिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्