क्राइमियाकाे सैन्य गोदाममा आक्रमण युक्रेनी सेनाले गरेकाे रुसको आरोप « Imagekhabar – Online News Portal of Nepal
१५ आश्विन २०७९, शनिबार | Sat Oct 1 2022


क्राइमियाकाे सैन्य गोदाममा आक्रमण युक्रेनी सेनाले गरेकाे रुसको आरोप

आक्रमणका कारण ३ हजार मानिस विस्थापित

11.466k
Shares

काठमाडौं । रुस अधिनस्थ क्राइमिया क्षेत्रमा रहेको सैन्य गोदाममा लगातार आक्रमण र विष्फोट भएको छ ।

युक्रेनी सेनाले एउटा साेही सैन्य गोदाममा विष्फोट गराएको आरोप रुसी रक्षा मन्त्रालयले लगाएको हाे । विष्फोटका कारण ३ हजार मानिस विस्थापित भएका छन् भने रेलवे तथा यातायात सेवा पनि अवरुद्ध भएको छ ।

क्राइमियाको मेस्कोप गाउँ नजिक रहेको गोलाबारुद भण्डारमा भएको विष्फोटमा मानवीय क्षति नभएता पनि हजारौं जनताको बिचल्ली भएको छ । युक्रेनले भने विष्फोटकाे जिम्मा लिएको छैन् । यसअघि पनि युक्रेनले क्राइमियामा रुसी बेसक्याम्पमा लगातार रुपमा आक्रमण गर्दै आएको थियो ।

गत साता युक्रेनी सेनाले सोही क्षेत्रमा गरेको विष्फोटका कारण रुसतर्फ ठूलो क्षति पुगेको थियो ।