२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


जनै पूर्णिमाकाे अवसरमा देशभरका मन्दिरमा भक्तजनको भीड


65
Shares

काठमाडाैं । जनै पूर्णिमा एवं रक्षाबन्धनकाे अवसरमा आज (शुक्रबार) बिहानैदेखि पाटनको कुम्भेश्वरसहित देशभरका मन्दिरहरुमा भक्तजनहरुको भीड लागेको छ ।

साथै पशुपतिनाथ, गोकर्णेश्वर, सन्तानेश्वर, किराँतेश्वर, तनहुँको देवघाट धाम र रसुवाको गोसाईकुण्ड, लगायतका धार्मिक स्थलमा शुक्रबार बिहानैदेखि स्नान गरी शुद्ध हुने र मन्दिरमा ब्राह्मण, पुरोहितहरुले मन्त्रिएका जनै र रक्षाबन्धन लगाउने प्रचलन रहेकाे छ ।

हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन जनै पूर्णिमा (ऋषि तर्पणी) मनाउने गरिन्छ । शुक्रबार बिहानैबाट यज्ञोपवित एवं रक्षाबन्धन गरेर जनै पूर्णिमा मनाईएकाे छ । शुक्रबार दिनभर नै रक्षाबन्धन र जनै लगाउने गरिन्छ ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ र पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षा सूत्र बाँध्ने गर्छन् ।