बेनी हाइड्रो पावरको सामग्री चोरीको आरोपमा तीन युवा पक्राउ « Imagekhabar – Online News Portal of Nepal
१६ आश्विन २०७९, आईतवार | Sun Oct 2 2022


बेनी हाइड्रो पावरको सामग्री चोरीको आरोपमा तीन युवा पक्राउ


221
Shares

सोलुखुम्बु । जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–२ र ३ नम्बर क्षेत्रमा निर्माणाधीन बेनी हाइड्रोपावर आयोजनाकोे सामग्री चोरी गरेको आरोपमा तीन युवा पक्राउ परेका छन् ।

चोरीको आरोपमा सोलुदूधकुण्ड नगरपालिका–११ का ३५ वर्षीय कुलबहादुर राई, सोही नगरपालिका–३ मा अस्थायी बसोवास गर्दै आएका ३२ वर्षीय दावा तामाङ र खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ का ३२ वर्षीय भलाकाजी तामाङ रहेका छन् ।

उनीहरूविरुद्ध चोरी कसुरमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । आयोजनाको हेडबक्स रहेको स्थान बेनीबाट मङ्गलबार राती फलामको पाताहरू गाडीमा राखेर लैजाने क्रममा उनीहरू पक्राउ परेका हुन् ।

बेलुकी करिब ९ बजेको समयमा फलामको पाता गाडीमा लोड गरेको देखेपछि आयोजनाका कामदारले प्रहरीलाई खबर गरेका थिए । खबर लगत्तै खटिएको प्रहरीले तीनै जनालाई बा १६ च ५२६९ नम्बरको बोलेरो गाडीसहित पक्राउ गरेको हो ।