५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


किर्ते गरेर कोभिड–१९ क्यूआर कोड जारी गर्ने प्रयास


2.626k
Shares

सोलुखुम्बु । जिल्लाको सोताङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखाको किर्ते गरी कोभिड–१९ को क्यूआर कोड जारी गर्ने प्रयास गरिएको छ ।

साउन २३ गते स्वास्थ्य शाखा प्रमुख श्रीध्वज राई र प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीको किर्ते हस्ताक्षर गरी विभागमा पत्राचार गरेको पाइएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले जानकारी दिनुभयो ।

नामक फेक ईमेल आइडी तयार पारेर स्वास्थ्य मन्त्रालय र स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली स्वास्थ्य सेवा विभागलाई पत्राचार गरेको र अनुमति प्राप्त गरेको पाइएको हो ।

गाउँपालिकाकोतर्फबाट पनि क्यूआर कोड जारी भइरहेको समयमा अन्य व्यक्तिले पनि गैरकानुनी रूपमा क्यूआर कोड जारी गर्ने प्रयास भएकाले रोक्न र कारबाही गर्नका लागि इलाका प्रहरी कार्यालय सोताङमा उजुरी दिइएको गाउँपालिकाले जनाएको छ ।