
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले आदिवासी, जनजातिको हितका लागि महत्वपूर्ण काम गर्दै आएको बताउनुभएको छ ।
२८औं विश्व आदिवासी दिवसको अवसरमा प्रधानमन्त्री देउवाले संविधानमा उल्लेख भएअनुसार जनजातिको हक, अधिकार र सुविधा दिलाउने कार्यमा सरकार क्रियाशील रहेको बताउनुभयो ।
उहाँले आदिवासी, जनजातिको पहिचान, उनीहरूको भाषा, कला र संस्कृतिको संरक्षण गर्न आदिवासी, जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान स्थापना गरेको दाबी गर्नुभयो ।
प्रधानमन्त्री देउवाले आदिवासी, जनजातिहरुको उत्थान नभई मुलुकलाई समृद्ध बनाउने सपना यथार्थमा परिणत नहुने विषयलाई आत्मसात गर्दै अघि बढनुपर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सबै आदिवासी, जनजातिहरुको उत्थान गरेर मात्रै मुलुकको समुन्नति हुने भएकाले काग्रेसले त्यस विषयमा गम्भीर भएर काम गरिरहेको दाबी गर्नुभयो ।
उहाँले एमालेले अघि सारेको समृद्ध मुलुक बनाउने अभियानमा आदिवासी, जनजाति अटाउन नसक्ने जिकिर गर्नुभयो ।
महामन्त्री थापाले कांग्रेसले जनजातिको पहिचान मेटिन नदिन संविधान निर्माणताका नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्