क्युवामा एक तेल डिपोमा चट्याङका कारण आगलागी हुँदा २१ जना वेपत्ता, ८० घाइते « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Thu Oct 6 2022


क्युवामा एक तेल डिपोमा चट्याङका कारण आगलागी हुँदा २१ जना वेपत्ता, ८० घाइते


806
Shares

काठमाडौं । क्युवाको एक तेल डिपोमा चट्याङ पर्दा भयंकर आगलागी भएको छ ।

साेही आगलागीका कारण दर्जनौं मानिस वेपत्ता भएका छन् । मातान्जसमा रहेको क्युवाको दोस्रो ठूलो तेल डिपोमा शनिबार चट्याङ पर्दा आगलागी भएको र ठूलो मानवीय समस्या निम्तिएको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ ।

आगलागीमा परी कम्तिमा २१ जना हराइरहेका छन भने अहिलेसम्म ८० जना घाइते भएको जनाइएकाे छ । अस्पताल भर्ना गरिएका ३६ जना मध्ये अधिकांशको अवस्था गम्भीर रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आगो निभाउन गएका १७ वटा बारुण यन्त्रको अवस्था पनि अज्ञात रहेको जनाइएको छ ।

तेल डिपोमा चट्याङपछि आगलागी हुँदाको अवस्था यति भयंकर थियो दुई वटा सूर्य एकै पटक उदाएको जस्तो महसुश भएको थियो । भेनेजुएला, मेक्सिको र चिलीले आगो नियन्त्रण तथा घाइतेहरुको उद्धारका लागि टिम पठाएका छन् । त्यस्तै रुसले पनि सहयोग पठाएको छ ।

आगो नियन्त्रणका लागि अमेरिकाले दिएको प्राविधिक सहयोग पनि क्युवाले स्वीकार गरेको जनाइएको छ ।