२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध


468
Shares

काठमाडौं । पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरूद्ध भएको छ ।

चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा पहिरो खसेका कारण आज शुक्रबार बिहान २ बजेदेखि सडक पुर्णरुपमा अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुई वटा डोजरको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको र सबै पहिरो हटाएर बाटो खुलाउन केही समय लाग्ने प्रहरीको भनाइ छ ।

रोकिएका सवारी साधनको राजमार्गमा लामो लाम लागेको छ ।