अमेरिकामा मंकीपक्सका कारण संकटकाल घोषणा « Imagekhabar – Online News Portal of Nepal
२ भाद्र २०७९, बिहीबार | Thu Aug 18 2022


अमेरिकामा मंकीपक्सका कारण संकटकाल घोषणा

खोप अनिवार्य गर्ने तयारी

299
Shares

काठमाडौं । मंकीपक्सका बिरामीहरु बढ्ने क्रम तीव्र भएपछि अमेरिकाले देशभर जनस्वास्थ्य संकटकाल घोषणा गरेको छ ।

जनस्वास्थ्य संकटकाल घोषणासँगै मंकीपक्स विरुद्धको खोप अभियान, उपचार र त्यसका लागि आवश्यक स्रोत परिचालनका लागि सजिलो हुनेछ । विश्व स्वास्थ्य संगठनले मंकीपक्स संकटकाल घोषणा गरेको दुई साता नबित्दै अमेरिकी सरकारले पनि जनस्वास्थ्य संकटकाल लागू गरेको हो ।

अमेरिकामा हालसम्म ६ हजार ६ सय जना मंकीपक्सका बिरामीहरु फेला परेका छन् । बिरामीहरु मध्ये अधिकांश समलिङ्गीहरु रहेका छन् । संक्रमितहरुमा एक चौथाई न्यूयोर्क शहरमा मात्रै रहेका छन् । सुरुमा समलिङ्गीहरुमै खोप अभियान चलाउने र स्वास्थ्यकर्मीहरुलाई पनि खोप लगाउने बाइडेन प्रशासनले जनाएको छ ।

यौन सम्पर्कबाट मात्रै मंकीपक्स नसर्ने भएकालेले सर्वसाधारणहरुलाई पनि खोप अभियानमा सहभागी गराउने जनाइएको छ। विश्वभर अहिले २६ हजार जना मानिसमा मंकीपक्सकाे संक्रमण भएकाे छ।