चीनको चेतावनीका बीच ताइवानमा अमेरिकी सभामुखको १६ घण्टा « Imagekhabar – Online News Portal of Nepal
२ भाद्र २०७९, बिहीबार | Thu Aug 18 2022


चीनको चेतावनीका बीच ताइवानमा अमेरिकी सभामुखको १६ घण्टा


754
Shares

काठमाडौं । चीनको तीव्र चेतावनीकाबीच अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमण सम्पन्न भएको छ ।

ताइवानमा ल्याण्ड गरेको १६ घण्टामा उहाँ सवार जहाज शोन्गशैन विमानस्थलबाट उडेको छ । मंगलबार राति १०ः४५ मा पुग्नुभएकी उहाँले बुधबार साँझ ६ बजे ताइवान छाड्नुभएको थियो ।

पेलेसी र उहाँको प्रतिनिधिमण्डले बुधबार ताइवानका राष्ट्रपति साई इंग–वेन सेसँग भेटवार्ता गरेको छ । प्रतिनिधिमण्डलमा पेलोसीबाहेक अमेरिकी संसदका अन्य पाँच सदस्य थिए । यसको अलावा पेलोसीले ताइवानका सामाजिक कार्यकर्तासँग पनि भेटवार्ता गर्नुभयो ।

चीनको लगातारको धम्कीबो बावजुद पनि पेलोसीले एशिया भ्रमण गर्नुभएको थियो । लगातारको धम्कीपछि उनले भ्रमण स्थगित गर्ने अनुमान गरिएको थियो ।

पेलोसी आउने पक्का भएपछि चीनले सैन्य आक्रमणको चेतावनीसमेत दिएको थियो । तर, त्यसको असर यो समाचार तयार पार्दासम्म देखिएको छैन ।

उहाँको ताइवान भ्रमण अघोषित भएको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ । अमेरिकाबाट उड्नुअघि उहाँले आफ्नो प्रतिनिधिमण्डलसहित मलेसिया, दक्षिण कोरिया, सिंगापुर र जापान जाने घोषणा गर्नुभएको थियो ।

अमेरिकामा तेस्रो बरीयतामा रहनुभएकी पेलोसी २५ वर्षपछि ताइवानको राजधानी ताइपेई पुग्ने अमेरिकी उच्च अधिकारी हुनुहुन्छ । मलेसियाबाट उडेको पेलोसीको विमान कता जान्छ भन्ने थाहा नभई ताइवानको आकाशमा प्रवेश गरेको थियो ।

चिनियाँ सेनाले विमान खसाल्ने त्रासले अमेरिकी वायुसेनाका युद्धक विमानहरूको घेरामा उहाँ ताइपेइ पुग्नुभएको थियो । पेलोसीको विमान क्वालालम्पुरबाट उडेपछि तीन लाख बढी मानिसहरूले उहाँको विमान पछ्याइरहेका थिए ।

ताइवानको विमानस्थलमा पनि युद्धकै शैलीमा सुरक्षा व्यवस्था गरिएको थियो भने विमानस्थलमा फोटो पत्रकारहरूलाई समेत नजिक जान प्रतिबन्ध लगाइएको थियो ।