Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


बैंक अफ काठमाण्डू र हिमालय बैंकले मेलम्ची खानेपानीको मुद्दा जिते


442
Shares

काठमाडौं । बैंक अफ काठमाण्डू र हिमालयन बैंकले मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टी सम्बन्धि मुद्दा जितेका छन् ।

मेलम्ची आयोजनाको चिनियाँ ठेकेदार कम्पनी चाइना रेलवेले यी दुई बैंक मार्फत राखेको डेढ अर्ब रुपैयाँको काउन्टर ग्यारेन्टी मुद्दा जितेका हुन् । ठेकेदार चाइना रेलवेका लागि चाइना कन्स्ट्रक्सन बैंकको तर्फबाट काउन्टर ग्यारेन्टी प्राप्त गरी सो बापत मेलम्ची खानेपानी आयोजनाको नाममा अग्रिम भुक्तानी जमानत जारी गरेकोमा ठेकेदार कम्पनीले मेलम्चीको काम छाडेसँगै जमानत रकम पनि फिर्ता गरेको थिएन ।

चिनियाँ अदालतले बैंक अफ काठमाण्डू र हिमालयन बैंकको काउन्टर ग्यारेन्टी बापतको रकम फिर्ता गर्न आदेश दिएसँगै उक्त रकम फिर्ता पाउने भएका हुन् ।

Skip This