भलिबल संघको अध्यक्षमा निरोज मास्केको उम्मेदवारी « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Wed Aug 17 2022


भलिबल संघको अध्यक्षमा निरोज मास्केको उम्मेदवारी


91
Shares

काठमाडौं । नेपाल भलिबल संघको अध्यक्ष पदमा निरोज मास्केले उम्मेदवारी घोषणा गरेकी छिन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघकी वर्तमान उपाध्यक्ष मास्केले चुनावी घोषणा पत्र सहित अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

नेपाल भलिबल संघको केन्द्रिय निर्वाचन भदौ २२ गते काठमाडौंमा हुँदैछ । सोही निर्वाचनलाई लक्षित गर्दै मास्केले एक महिना अघिनै नेतृत्वमा उम्मेदवारी घोषणा गरेकी हुन् । मास्केले उम्मेदवारी घोषणा कार्यक्रममा नेपालको भलिबल विकासको विविध एजेण्डा र कार्यक्रम समेत प्रस्तुत गरेकी छिन् ।

उनले भलिबलको पूर्वाधार विकासदेखि कार्यक्रम, प्रशिक्षण, प्रोत्साहन र प्रशासनीक सुधारको कार्यक्रमलाई अघि सारेकी छिन् । उनले नेपाली भलिबलको व्यवसायीकता र संस्थागत विकासका लागि नेतृत्वमा दाबी गरेको बताईन् ।

उनले संघीय सरकारदेखि प्रदेश हुँदै स्थानीय तहसँग सहकार्य गर्ने र नीजि क्षेत्र सहित विभिन्न रणनीतिक साझोदारलाई भलिबल खेलको विकाससंग जोड्ने एजेण्डा अघि सारेकी छिन् ।

भलिबल विकासका लागि पाँच ‘प’ मा आफ्नो प्रतिबद्धता प्रस्तुत गर्दै मास्केले प्रशिक्षण, प्रतियोगिता, पूर्वाधार, प्रोत्साहन र प्रशासनीक सुधारमा केन्द्रित रहेर अघि बढ्ने बताएकी छिन् ।