अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड सञ्चालन « Imagekhabar – Online News Portal of Nepal
२ भाद्र २०७९, बिहीबार | Thu Aug 18 2022


अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड सञ्चालन


936
Shares

काठमाडौं । वर्षाका कारण अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खण्डमा सञ्चालन भएको छ ।

वर्षाका कारण सडकमाथिबाट लेदो माटोसहितको पहिरो खस्दा आज (साेमबार) बिहान ४ बजेदेखि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खण्ड सञ्चालनमा आएको हाे । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आइतबारदेखि परेको अविरल वर्षाका कारण साेही सडक खण्डको घुमाउने नजिकैको क्षेत्रमा पहिरो खस्दा सोमबार बिहान ४ बजेदेखि सडक अवरुद्ध बनेको हाे ।

अवरुद्ध सडक जेसिविको सहायताले पहिरो पन्छाएपछि बिहान करिब ७ बजेदेखि सडक दुई तर्फी रुपमा सञ्चालन गर्न मिल्ने गरी खुलाइएको हो । सडक सुचारु भए पनि वर्षा नरोकिएका कारण सावधानी अपनाएर यात्रा गर्न जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ ।

नारायणगढ-मुग्लिन सडक खण्डको १७ स्थानमा पहिरोको जोखिम रहेको प्रहरीले जनाइकाे छ ।