पहिरोका कारण तनहुँको डुम्रे–बेंसी शहर सडक अवरूद्ध « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


पहिरोका कारण तनहुँको डुम्रे–बेंसी शहर सडक अवरूद्ध


130
Shares

काठमाडौं । पहिरोका कारण तनहुँको डुम्रेबाट लमजुङको बेँसीशहर जाने सडक अवरूद्ध भएको छ ।

बेँसीसहर नगरपालिका–१ उदीपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरूद्ध भएको प्रहरीले जनाएको छ । साेमबार पनि वर्षा भइरहेकाले उदीपुरमा ढुंगासहितकाे लेदो खसिरहेको छ ।

सडकखण्ड अवरूद्ध हुँदा दुवैतर्फका सवारी साधनबीचमै रोकिएकाे जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएकाे छ ।

निरन्तर पानी परिरहेकाले सडकको पहिरो पन्छाउन कठिनाइ भएको डुम्रे–बेँसीशहर–चामे योजना सडक कार्यालय लमजुङले जनाएको छ ।