१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


विदेशी मदिरा आयातको प्रतिवन्ध हटाउन व्यवसायीको माग


338
Shares

काठमाडौं । व्यवसायीहरुले सरकारले विदेशी मदिरा आयातमा लगाएको प्रतिवन्ध फुकाउन माग गरेका छन् ।

मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा व्यवसायीहरुले सरकारको कदमले आफूहरु मारमा परेको बताए । सरकारले विदेशी मुद्रा सञ्चितीमा हस आएको कारण देखाएर बिगत लामो समयदेखि विदेशी मदिरा लगायतका पेय पदार्थको आयातमा प्रतिबन्ध लगाएको छ । सो प्रतिबन्धनले होटल तथा रेष्टुरेण्ट व्यवसाय, पर्यटन व्यवसाय लगायतका क्षेत्रमा प्रभाव पारेको व्यवसायीहरुको भनाई छ ।

नेपाल मदिरा पैठारीकर्ता संघद्वारा आयोजित सो पत्रकार सम्मेलनमा सरकारले बिस्तृत अध्ययन नगरी प्रतिवन्धलाई अझै लम्ब्याए त्यसले देशको राजश्व,रोजगारी र जनस्वास्थ्यमा ठूलो समस्या पैदा गर्ने पनि व्यवसायीहरुको भनाई छ ।

विदेशी मदिरा आयातले विदेशी मुद्रा सञ्चितीमा एकदमै नगन्य मात्रै आर्थिक प्रभाव पार्ने हुँदा प्रतिवन्ध हटाएर पर्यटन क्षेत्रमा सकारात्मक शन्देश प्रवाह गर्न पनि व्यवसायीहरुले सरकारसँग आग्रह गरेका छन् ।