Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


उद्यमी नआउँदा औद्योगिक ग्राम अलपत्र


156
Shares

धनकुटा । स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापनका लागि जग्गा अधिग्रहण गरिएको ४० वर्षपछि धनकुटाको अमलेटारमा निर्माणधीन रहेको औद्योगिक ग्राममा निर्माण भएका २७ वटा व्यापारिक भवन उद्योग सञ्चालनका लागि उद्यमीले चासो नदेखाएपछि अलपत्र परेका छन् ।

ग्रमसम्म पुग्ने सडक र आवश्यक पूर्वधार तयार भएको वर्षौं भइसक्दा पनि उद्योग भने सञ्चालनमा आउन नसकेका हुन् । धनकुटाको धनकुटा नगरपालिका ६ आत्मारामा रहेको अमलेटारमा औद्योगिक ग्राम बनाउन २०३९ सालमै ६० रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।

त्यसयता पटकपटक गरी यस ठाउँमा सडक र भवन पूर्वाधार निर्माणका लागि १७ करोड रुपैयाँ खर्च भइसकेको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

Skip This