१७ फाल्गुन २०८०, बिहिबार | Thu Feb 29 2024


भेनेजुयलाको रात्री क्लबमा भागदौड मच्चिँदा १७ जनाको मृत्यु


0
Shares

काठमाडौं, असार ३ । भेनेजुयलाको राजधानी काराकासस्थित एक रात्री क्लबमा भागदौड मच्चिँदा १७ जनाको मृत्यु भएको छ ।

काराकासमा रहेको लस कोटोर्रोस रात्री क्लबमा कलेजका विद्यार्थीले गरिरहेको एक कार्यक्रममा विवाद भएपछि अश्रुग्यास प्रहार गरिँदा भागदौड मच्चिएको हो ।

घटनामा संलग्न भएको आशंकामा सात जनालाई नियन्त्रणमा लिइएको छ ।

घटनामा पाँच जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले बताएका छन् । (एजेन्सी)