
तेह्रथुम । तेह्रथुममा हालसम्म कुल धान रोपाइँ हुने क्षेत्रफलको ७८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
८१ दशमलव ६२ प्रतिशत खेतीयोग्य जग्गा रहेको तेह्रथुममा यसवर्ष अहिलेसम्ममा ७८ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ । यसवर्ष तेह्रथुममा पानी परिरहेकोले किसानले समयमै रोपाई गर्न पाएका हुन् ।
ज्ञान केन्द्रको तथ्याङक अनुसार प्रदेश १ मा सबैभन्दा धेरै खेतीयोग्य जग्गाको उपयोग गर्ने जिल्ला धनकुटा रहेको पाइएको छ । प्रदेश १ कृषि मन्त्रालयको तथ्यांक अनुसार धनकुटामा कूल खेतीयोग्य जग्गा ९८ प्रतिशत उपयोग गर्दा सबैभन्दा कम ओखलढुंगाले ४० दशमलव ४१ प्रतिशत मात्रै उपयोग गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्