२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


बाढीका कारण मेलम्ची–हेलम्बु सडकखण्डमा यातायात अवरूद्ध


312
Shares

काठमाडौं । सिन्धुपाल्चोको मेलम्ची–हेलम्बु सडकखण्डमा बाढीका कारण यातायात अवरूद्ध भएको छ ।

बुधबार रातिको वर्षासँगै आएको बाढीले मेलम्ची–हेलम्बु सडकखण्डमा बाटो बगाउँदा यातायात अवरुद्ध भएको हो । बाढीका कारण हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक भत्किंएको छ ।

यसैगरि हेलम्बुको ढुङ्गे बजार र मेलम्चीको सीमखेतमा पनि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

पानीको सतह बढेपछि मेलम्चीको तटीय क्षेत्रमा बाढी तथा पहिरो जान सक्ने भएकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।