 
	    नवलपरासी । नवलपरासीमा दुई सातादेखि परेको खडेरीले धानबालीलाई नोक्सानी पुर्याएको छ ।
खडेरीकै कारण जिल्लाको धान उत्पादनमा समेत कमि आउने भएको छ ।
किसानहरुले यसवर्ष जेठको अन्तिम सातादेखि धान रोपाइँ गरेका थिए । जिल्लाको कुल धान उत्पादन हुने क्षेत्रमध्ये ९५ प्रतिशतमा रोपाइँ सकिएको छ ।
मल अभावका बाबजुद धान रोपेका किसान अहिले फेरि पानीको अभावले चिन्तित बनेका हुन् । खडेरीका कारण किसानले लगाएको धान खेत चिरा–चिरा परेको छ ।
लगाएका धान सुक्न थालेको छ । अहिले परेको खडेरीका कारण ५० प्रतिशत धान उत्पादनमा कमि आउने दाबी गरिएको छ । अझ १०/१२ दिन पानी नपरे जिल्लाको धान उत्पादन शून्य स्थितिमा जस्तै पुग्न सक्ने कृषि ज्ञान केन्द्र परासीका कृषि प्रसार अधिकृत सन्तोष कुमार चौधरीले बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्