अर्घाखाँचीमा बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
२५ श्रावण २०७९, बुधबार | Wed Aug 10 2022


अर्घाखाँचीमा बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु


2.652k
Shares

अर्घाखाँची । जिल्लामा बाँदर धपाउने क्रममा लडेर घाइते भएका एक पुरुषको मृत्यु भएको छ ।

जिल्लाको छत्रदेव गाउँपालिका–४ का ३९ वर्षीय टंकप्रसाद खनालको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको वडाध्यक्ष भिमलाल खनालले जानकारी दिनुभयो ।

असार १९ गते दिउँसो करिव ३ बजेको समयमा मकै बारीमा आएको बाँदर धपाउने क्रममा भिरबाट लडेर टाउको र गोडामा गम्भीर चोट लागेका उनको टाउकाको शल्यक्रियासमेत गरिएको थियो ।

गाउँपालिकाका अधिकांश स्थानमा बाँदरले घर, खेतबारीमा प्रवेश गरी अन्नपात खानुका साथै नष्ट गर्दै आएको छ ।

बिहानदेखि साँझसम्म मकैबारीको सुरक्षामा लागि परे पनि बाँदरबाट मकै जोगाउन नसकिएको किसानको भनाइ छ ।