भारतमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
२९ श्रावण २०७९, आईतवार | Sun Aug 14 2022


भारतमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु


546
Shares

एजेन्सी । भारतको महाराष्ट्रमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

मध्यप्रदेशको इन्दाेरबाट महाराष्ट्रतर्फ गइरहेको बस अनियन्त्रित भइ नर्मदा नदीमा खस्दा १२ जनाको मृत्यु भएको हो ।

बसमा ५० जना सवार रहेको र बाँकी यात्रुहरू घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

विपरीत दिशाबाट आइरहेको एक बहानलाई साइड दिने क्रममा बस अनियन्त्रित भई नदीमा खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बस दुर्घटनामा ज्यान गुमाएका परिवारका लागि क्षतिपूर्ति र घाइतेहरूलाई राहतको व्यवस्था गरिएकाे छ । घाइतेहरूको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।