Logo १३ असार २०८३, शनिबार | Sun Jun 28 2026


लाङटाङ निकुञ्जमा यार्सागुम्वा संकलनमा रोक


0
Shares

रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा यस वर्ष यार्सागुम्वा संकलन गर्नमा रोक लगाइएको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने गोसाँईकुण्ड गाँउपालिकाको लाङटाङ तथा सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी क्षेत्रमा लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यालय तथा स्थानीय तहले संयुक्त रुपमा यार्सा संकलनमा रोक लागएका हुन् ।

कोरोना भाइरस रोकथामका लागि सरकारले देशभरी लकडाउन लागू गरेसँगै यहाँका स्थानीय तहहरुले यार्सा संकलनमा रोक लगाएका हुन् ।

लकडाउनका कारण  लाङटाङ राष्ट्रिय निकुञ्जमा हालसम्म यार्सा गुम्बा संकलनका लागि आवेदनसमेत नपरेको निकुञ्जले जनाएको छ ।