इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्छु : नवनिर्वाचित उपसभामुख भुसाल « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्छु : नवनिर्वाचित उपसभामुख भुसाल


1.313k
Shares

काठमाडौं । नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले आफ्नो जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्ने बताउनुभएको छ ।

शुक्रबार उपसभामुखमा निर्वाचित भएसँगै नयाँ बानेश्वरस्थित संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उपसभामुख भुसालले आफ्नो जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्ने बताउनुभएको हो ।

उपसभामुख भुसालले संविधानको कार्यान्वयनका लागि आफ्नो भुमिका रहने उल्लेख गर्नुभयो । उहाँले राष्ट्रिय राजनीतिको विविध आयामहरूलाई व्यवस्थापन गर्न, जनजीविकाको सवाललाई सदनमा उठाउनका लागि र मुलुकको समृद्धिका लागि आफूले भुमिका खेल्ने बताउनुभयो ।

उपसभामुख भुसालले संवैधानिक परिषद्मा समन्वयकारी भूमिका खेल्ने बताउनुभयो । संवैधानिक परिषद्सँग संविधानले राखेको अपेक्षा पूरा गर्न आफूले प्रभावकारी ढंगले काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले आफू सम्वद्ध राजनीतिक दलसँग सम्बन्धित सबै प्रकारका राजनीतिक जिम्मेवारीहरू स्थगित गरेको पनि बताउनुभयो ।