Logo २६ भाद्र २०८३, शुक्रबार | Sat Sep 12 2026


कवीन्द्र सिटौलाको ‘हृदयका स्पन्दनहरु’ सार्वजनिक


0
Shares

काठमाडौं । कवि कवीन्द्र सिटौला ‘जिज्ञासु’ को पहिलो कवितासङ्ग्रह ‘हृदयका स्पन्दनहरु’ सार्वजनिक भएको छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती लगायतले पुस्तक विमोचन गर्नुभएको हो । सोही अवसरमा सिटौलाकी ९२ वर्षीया आमा मनमाया सिटौलाको आत्मकथा ‘मैले बिताएको युग’ पुस्तक पनि सार्वजनिक गरिएको हो ।

कुलपति उप्रेतीले मनमायाको कृतिले एक सय वर्ष अघिको नेपालको सामाजिक, सांस्कृतिक र आर्थिक परिवेश अभिव्यक्त भएको बताउँदै पुस्तक एउटा कालखण्डको अभिलेख भएको उल्लेख गर्नुभयो । उहाँले कवीन्द्र सिटौलाको कवित्वको चर्चा गर्दै कविता यात्रालाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

साहित्यकार डा. साधना प्रतीक्षाले ‘मैले बिताएको युग’ को समीक्षात्मक टिप्पणी गर्दै मनमायाको जीवन आफैंमा एउटा कृति भएको उल्लेख गर्नुभयो । उहाँले ‘सिटौलाको यो कृति पढ्नु भनेको हरेकले आफ्नी आमालाई पढ्नु हो ।’

प्राज्ञ कवि डा. देवी नेपालले कवीन्द्रको कविता कृतिमाथि चर्चा गर्दै उनको कवितामा जीवन जगतका विभिन्न पाटाहरू अभिव्यक्त भएको बताउनुभयो । कवीन्द्रको काव्य साधना यात्रा पुरानो भए पनि उनी दृश्यमा ढिलो आएको उल्लेख गर्नुभयो ।