बुढीगंगा नगरपालिकामा मतपेटिका उठाउने क्रममा ढुंगामुढा प्रहार, प्रहरीद्वारा हवाई फायर « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Tue Aug 9 2022


बुढीगंगा नगरपालिकामा मतपेटिका उठाउने क्रममा ढुंगामुढा प्रहार, प्रहरीद्वारा हवाई फायर


3.601k
Shares

महेश कार्की

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका-४ मा मतपेटिका उठाउने क्रममा प्रहरीमाथि ढुगांमुढा प्रहार भएपछि प्रहरीले हवार्ई फायर गरेको छ ।

बिहीबार बुढीगंगा नगरपालिका-४ थुमामा रहेको मतदान केन्द्रबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यलय टाटेमा ल्याउने क्रममा कार्यकर्ताहरुले ढुगांमुढा प्रहार गरेपछि हवाई फायर भएको प्रहरी प्रमुख सूर्य बहादुर थापाले बताउनुभयो ।

मतपेटिका भने निर्वाचन अधिकृत कार्यलयमा पुयाइसकेको प्रहरीले जनाएको छ । ढुगांमुढा प्रहारबाट प्रहरी घाइते भएको तर कति जना भएको एकिन विवरण नआएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।

बुढीगंगा नगरपालिकामा १३ हजार ६ सय ५९ मतदाता रहेका छन् । कुल मतदाताको ६६.८३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले जानकारी दिनुभयो ।

गत बैशाख ३० गते भएको स्थानीय तहको चुनावमा भने ७५.५८ प्रतिशत मत खसेको थियो । बुढीगंगा – ९ को त्रिशक्ति मतदान केन्द्रमा सामान्य विवाद पछि प्रहरीले थप झड्प हुन नदिने हवाई फायर गरेको थियो । त्रिशक्ति मतदान केन्द्रमा पनि ३५ मिनेट मतदान रोकिएर पुन: सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारीले बताउनुभयो ।

बुढिगंगा नगरपालिकामा रहेका १० वटा मतदान स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरि एउटा स्थलमा एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए । १० वटा मतदान स्थल र १९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यलय बाजुराले जनाएको छ ।

नगरप्रमुखमा कांग्रेसबाट रङ्गबहादुर खाति र एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार रहेका छन् । कांग्रेसका उम्मेदवार खातिलाई गठबन्धनको समेत समर्थन रहेको छ ।