बेलायतका प्रधानमन्त्रीले पार्टीको नेताबाट राजीनामा दिने « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


बेलायतका प्रधानमन्त्रीले पार्टीको नेताबाट राजीनामा दिने


91
Shares

एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिने भएका छन् ।

प्रधानमन्त्रीमा भने उनी शरद ऋतुसम्म रहिरहने बीबीसीले जनाएको छ ।

पछिल्लो समय एकपछि अर्को मन्त्रीले राजीनामा दिएपछि जोन्सनमाथि सरकार छाड्नुपर्ने दबाव बढेको थियो । तर जोन्सनले प्रधानमन्त्रीको साटो पार्टी नेताबाट राजीनामा दिने तयारी गर्नुभएको हो ।

यौन दुव्र्यवहारमा संलग्न रहेका व्यक्तिलाई विगतबारे जानकारी हुँदा हुँदै पनि नियुक्ति दिएको पाइएपछि जोन्सनको कार्यक्षमतामाथि प्रश्न उठाउँदै केही मन्त्री र सरकारका सहयोगीहरुले राजीनामा दिएका थिए ।