Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


बंगुर नबिक्दा समस्यामा किसान


3.5k
Shares

धनकुटा । मासुु र पाठापाठी बिक्री नभएपछि धनकुटाका बंगुुरपालक किसान समस्या परेका छन् ।

मासुु र पाल्नका लागि तयार बंगुरका पाठापाठीको बिक्री २ महिना यता ठप्पजस्तै भएको किसानहरू बताउँछन् ।

हुर्किएका पाठापाठी साविकको मूल्यमा ५० प्रतिशत घटाएर दिँदा पनि किन्ने ग्राहक नपाएको उनीहरूको गुनासो छ ।

बजारको दीर्घकालीन समाधान गर्नतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने बंगुर व्यवसायी संघ धनकुटाका अध्यक्ष रुजन राईले बताउनुभयो ।

धनकुटामा आधिकारिक रूपमा दर्ता भएका एक सय नौ वटा बंगुर फर्म रहेको भेटेनरी अस्पताल तथा विज्ञ सेवा केन्द्रको तथ्याङ्क रहे पनि बंगुर पालनमा लाग्ने किसानको संख्या भने यो भन्दा धेरै रहेको अनुमान छ ।