सुरक्षा निकायको सरकारलाई सुझाव : संघ र प्रदेशको निर्वाचन दुई चरणमा गरौं « Imagekhabar – Online News Portal of Nepal
२४ श्रावण २०७९, मंगलवार | Tue Aug 9 2022


सुरक्षा निकायको सरकारलाई सुझाव : संघ र प्रदेशको निर्वाचन दुई चरणमा गरौं


65
Shares

काठमाडौं । नेपाल प्रहरीले संघ र प्रदेशको निर्वाचन दुई चरणमा गर्न सरकारलाई सुझाव दिएको छ ।

केन्द्रीय सुरक्षा समितिको बैठकमा प्रहरीले दुई चरणमा गर्दा सुरक्षा व्यवस्था बलियो र शान्तिपूर्ण हुने ठहर गरेको छ । स्थानीय तहको निर्वाचन एकै चरणमा गर्दा छिटपुट बाहेक कुनै अप्रिय घटना नभएपनि अबका निर्वाचनमा भने सुरक्षाको खतरा हुन सक्ने सुरक्षा निकायको आंकलन छ ।

सुरक्षा चुनौती आए एकै पटक पर्याप्त जनशक्ति व्यवस्थापन गर्न नसकिने भन्दै सुरक्षा अधिकारीहरूले दुई चरणमा निर्वाचन गर्नुपर्ने सुझाव दिएका हुन् ।

आफूहरूले दिएको सुझाव मान्ने नमान्ने काम सरकारको भएको प्रहरी अधिकारी बताउँछन् ।

निर्वाचन आयोगले आगामी मंसिर २ गते आम निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । आयोगले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंसिरमा निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएको हो ।

यसअघि २०७४ मंसिरमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा भएको थियो ।