आलुको बोराभित्र राखेको ८३ लाख रुपैयाँ बरामद « Imagekhabar – Online News Portal of Nepal
३० श्रावण २०७९, सोमबार | Mon Aug 15 2022


आलुको बोराभित्र राखेको ८३ लाख रुपैयाँ बरामद


11.869k
Shares

काठमाडौं । सशस्त्र प्रहरीले भारतबाट बोरामा आलुसँगै ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख रुपैयाँ बरामद गरेको छ ।

धनुषाको जनकनन्दनी गाउँपालिका–१ इनर्वामा भारतबाट मोटरसाइकलमा राखेर ल्याउँदै गरेको बोरामा ८३ लाख ६४ हजार ५ सय रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालले जानकारी दिनुभयो ।

ज ७ प ५००७ नम्बरको मोटरसाइकलमा बोरामा स्रोत नखुलेको रकम ल्याउने जनकनन्दनी गाउँपालिका ५ का राजेश मण्डल र ३६ ईश्वर मण्डललाई प्रहरीले पक्राउ गरेको छ । बरामद रकम र पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ ।