महिला साफ च्याम्पियनसिप भदौमा गर्ने प्रस्ताव « Imagekhabar – Online News Portal of Nepal
३० श्रावण २०७९, सोमबार | Mon Aug 15 2022


महिला साफ च्याम्पियनसिप भदौमा गर्ने प्रस्ताव


13
Shares

काठमाडौं । नेपालले महिला साफ च्याम्पियनसिप फुटबल आगामी भदौमा आयोजना गर्ने प्रस्ताव गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ च्याम्पियनसिप भदौ १३ देखि २५ गतेसम्म काठमाडौंमा आयोजना गर्ने प्रस्ताव गरेको हो ।

एन्फाका महासचिव किरण राईले शुक्रबार बंगलादेशको ढाकामा दक्षिण एसियाली फुटबल महासंघ (साफ) का महासचिव अनवरुल हक हेलालसँग भेटवार्ता गर्दै उक्त मिति प्रस्ताव गरेका हुन् ।

साफ महासचिव हेलालले प्रस्तावित मितिमा सकारात्मक रहेको एन्फाले जनाएको छ । एन्फाले शनिबार हुने साफको कंग्रेसमा महिला साफ आयोजनाका लागि औपचारिक प्रस्ताव पेश गर्ने छ ।

साफको कांग्रेसले अनुमोदन गरेमा महिला साफ नेपालमा आयोजना हुने छ । साफको कंग्रेसमा नेपालबाट महासचिव राईसहित, न्यूरोड टिमका अध्यक्ष सुन्दरनरसिंह जोशी र एन्फाका पूर्व सदस्य विकास नारायण श्रेष्ठ सहभागी छन् ।

नेपालले यस अघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो । विराटनगरमा आयोजना भएको साफको उपाधि भारतले जितेको थियो । नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।