२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


फिल्म ‘प्रकाश’ को अर्को गीत सार्वजनिक


208
Shares

काठमाडौं । नेपाली फिल्म ‘प्रकाश’ को अर्को गीत ‘जोर मैना’ बिहीबार सार्वजनिक गरिएको छ ।

गीतलाई डीएआर मुभिज युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हाे ।

ध्रुव बिस्कोको आवाज रहेको उक्त गीतमा दीपक शर्माको शब्द र संगीत रहेको छ । यस गीतलाई जुम्लामा छायांकन गरिएको हो । गीतले मुख्य दुई पात्रबीचको प्रेम र प्रेममा आएको बाधालाई देखाउन खोजेको छ ।

प्रदीप खड्का र रेणु योगी जुम्लेली पात्रमा फिचर्ड छन् । फिल्मले कर्णालीका एक युवकको शिक्षक बन्ने सपनालाई प्रस्तुत गर्छ । दिनेश राउत निर्देशित फिल्ममा प्रदीप खड्का, दीया मास्के, रेणु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतको अभिनय छ ।

बिनिस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, ताराप्रकाश लिम्बु र एलिस कार्कीको संगीत छ । महेन्द्र अधिकारीको लगानीमा यो फिल्म निर्माण भएको हो ।

भिडियो :