२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पोखरा स्पोर्टस् अवार्डको तयारी पूरा


26
Shares

काठमाडौं । नेपाल खेलकुद् पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्डको तयारी पूरा भएको छ ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बिहीबार पोखरामा पत्रकार सम्मेलन गर्दै अवार्डको तयारी पूरा भएको जनाएको हो ।

पत्रकार सम्मेलनमार्फत अवार्डमा वितरण गरिने ट्रफी समेत सार्वजनिक गरिएको छ ।

अवार्ड समारोह असार १८ गते दिउँसो ३ बजेदेखि पोखरा सभागृहमा हुँदै छ । सात विधामा अवार्ड वितरण गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।