Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


केजीएफ सिरिज हिट भएपछि  यशको पारिश्रमिक १ सय करोड


1.7k
Shares

एजेन्सी । दक्षिण भारतीय अभिनेता यशले केजीएफ सिरिज हिट भएपछि आफ्नो पारिश्रमिक बढाएका छन् ।

कन्नड फिल्म अभिनेता यश केजीएफ सिरिज  मार्फत भारतका स्टार बनेका छन्। केजीएफ फिल्ममा काम गर्नु भन्दा  पहिले यशलाई धेरै कम मानिसहरूले चिन्थे, तर यो सिरिजले उनको लोकप्रियता शिखरमा पुगेको छ। फिल्म केजीएफ को सफलताका कारण देशभरका निर्माता यशसँग काम गर्न  चाहन्छन् ।  दक्षिण भारतका चर्चित निर्माता दिल राजुले चाँडै नै यशसँगको आफ्नो नयाँ फिल्म घोषणा गर्ने भएका छन् । जुन भारतभर रिलिज हुनेछ।  

भारतीय सञ्चार माधयामका अनुसार निर्माता दिल राजुले यशलाई १ सय करोड भारतीय रुपैयाँ पारिश्रमिक दिने भएका छन् । यशलाई केजीएफ सिरिजभन्दा पहिले यति ठूलो रकम अफर गरिएको थिएन । यश र दिल राजुको यो फिल्म केही दिनमा नै छायङ्कन  सुरु हुनेछ ।

यशलाई १ सय करोड भारतीय रुपैयाँ पारिश्रमिक  अफर गरेका निर्माता दिल राजु अहिले पान इन्डिया प्रोड्युसर बन्नेतर्फ ध्यान केन्द्रित गरिरहेका छन् । उनी दक्षिण भारतका  चर्चित निर्माता हुन्, जससँग लगभग सबै ठूला स्टारले काम गरेका छन् ।

अहिले उनी बलिउडमा पनि फिल्म निर्माण गरिरहेका छन् । शाहिद कपुरको ‘जर्सी’ र  राजकुमार रावको ‘हिट’ निर्माण गरेपछि दिल राजु अब मेगा बजेटको फिल्म बनाउने योजनामा रहेका छन् ।

Skip This