दक्षिण अफ्रिकाका २२ युवा लन्डनमा मृत फेला « Imagekhabar – Online News Portal of Nepal
२ भाद्र २०७९, बिहीबार | Thu Aug 18 2022


दक्षिण अफ्रिकाका २२ युवा लन्डनमा मृत फेला


1.391k
Shares

एजेन्सी । दक्षिण अफ्रिकाका २२ जना युवा पूर्वी लन्डनस्थित एन्योबेनी भन्ने स्थानमा मृत अवस्थामा फेला परेका छन् ।

मृत भेटिएकाहरु १३ देखि १७ वर्ष उमेर समूहका रहेका छन् । अत्याधिक मदिरा सेवनका कारण उनीहरुको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ ।

यद्यपी अचेत अवस्थामा भेटिएका उनीहरुको मृत्युको कारणबारे अनुसन्धान भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

शवलाई पोष्टमार्टमका लागि शव गृहमा लगिएको जनाइएको छ । मृतकहरू १३ देखि १७ वर्ष उमेर समूहका रहेको बताइए पनि उनीहरुको विस्तृत विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रत्यक्षदशीका अनुसार स्कूलको परीक्षा समाप्त भएको उत्सव मनाउन त्यहाँ पुगेका थिए । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घटनाको गहन अध्ययन गर्न सुरक्षाकर्मीलाई आग्रह गर्नुभएको छ ।