Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


ज्ञानेन्द्र शाहीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश


0
Shares

काठमाडौं, बैशाख १६ । सर्वोच्च अदालतले लकडाउनको उल्लङ्घन गरेको अभियोगमा पक्राउ परेका ज्ञानेन्द्र भन्ने ज्ञानबहादुर शाहीलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले आज सर्वोच्च अदालतका रजिष्ट्रारको रोहवरमा थुनामुक्त गर्ने आदेश  जारी गरेको हो ।

“प्रक्रिया पूरा नगरी भएको कार्यले कानूनी मान्यता प्राप्त गर्न सक्ने नदेखिँदा यी निवेदकहरुको हकमा बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ”, आदेशमा भनिएको छ, “निवेदकलाई सर्वोच्च अदालतका रजिष्ट्रारको रोहवरमा आजै थुनामुक्त गरिदिनु ।”

गैरकानूनी रुपमा शाहीलाई हिरासतमा राखिएको उल्लेख गर्दै अधिकारकर्मी इन्द्र अर्यालले सर्वोच्च अदालतमा यही वैशाख १२ गते बन्दीप्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए ।

सोही निवेदनमाथिको सुनुवाइपछि थुनामुक्त गर्न आदेश दिएको हो । शाहीलाई लकडाउन उल्लङ्घनको आरोपमा प्रहरीले यही वैशाख ९ गते पक्राउ गरेको थियो । रासस 

Skip This