१६ मंसिर २०८०, शनिबार | Sat Dec 2 2023


व्यास नगरपालिकामा बस र ट्रक आपसमा ठोक्किँदा १६ जना घाइते


0
Shares

तनहुँ, साउन ३० । बस र ट्रक आज एकापसमा ठोक्किँदा १६ जना घाइते भएका छन् । 

दमौलीबाट काठमाडौँतर्फ जाँदै गरेको ना४ख ५४९१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ३२९३ नम्बरको ट्रक पृथ्वीराजमार्गको व्यास नगरपालिका– १२ बेलभञ्ज्याङमा दुर्घटना भएको हो । 

गम्भीर घाइते बस चालक सुवास राईसहित पाँच जनालाई उपचारका पोखरास्थित मणिपाल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्य घाइतेको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । (रासस)