२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


ट्रक व्यवसायी महासंघको अध्यक्षमा हिरालाल श्रेष्ठ निर्वाचित


325
Shares

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघको १५ औं साधारण सभा तथा ७ औं महाधिवेशनबाट महासंघको अध्यक्षमा हिरालाल श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

शनिबार सम्पन्न निर्वाचनमा राजेन्द्रकुमार श्रेष्ठलाई पराजित गर्दै हिरालाल श्रेष्ठ आगामी ३ वर्ष कार्यकालका लागि महासंघको अध्यक्षमा निर्वाचित हुनुभएको हो । श्रेष्ठले १ सय २८ मत प्राप्त गर्दा पराजित श्रेष्ठले ४७ मत प्राप्त गर्नुभयो ।

महासंघको वरिष्ठ उपाध्यक्षमा लोकराज पोख्रेल निर्विरोध निर्वाचित हुनुभएको छ । त्यसैगरी उपाध्यक्षमा विष्णु न्यौपाने र कृष्णहरि जिसी क्रमश १ सय ३४ र १ सय ५ मत प्राप्त गरि निर्वाचित हुनुभएको हो ।

महासंघको महासचिवमा राजेन्द्र विक्रम बानियाँ दोस्रोपटक पनि निर्विरोध निर्वाचित हुनुभएको छ । सचिवमा १ सय ३८ मत प्राप्त गरि उमेशचन्द्र मजगैयाँ निर्वाचित हुनुभएको छ ।

त्यस्तै, कोषाध्यक्षमा ओमकृष्ण कार्की निर्विरोध निर्वाचित हुनुभएको छ । महासंघको सह–कोषाध्यक्ष ७९ मत प्राप्त गरि राजन केसी निर्वाचित हुनुभएको छ ।

महाधिवेशनले ७ जना प्रदेश संयोजकसहित १६ सदस्यीय महासंघको नयाँ कार्यसमिति चयन गरेको हो ।

प्रदेश १ मा विद्यापति उपाध्याय, मधेश प्रदेशमा ध्रुव अर्याल, बागमती प्रदेशमा अर्जुन बहादुर सापकोटा, गण्डकी प्रदेशमा विकास थापा, लुम्बिनी प्रदेशमा यम प्रसाद पाण्डे, कर्णाली प्रदेशमा प्रकाश अधिकारी र सुदूरपश्चिम प्रदेशमा मेघराज भट्ट निर्विरोध निर्वाचित भएका छन् ।

महाधिवेशनमा महासंघमा आवद्ध देशभरका झन्डै ५ सय ट्रक व्यवसायीले सहभाति थिए ।