काठमाडौं । कास्कीका विभिन्न ठाउँमा अविरल वर्षासँगै आएको बाढी र पहिरोले डेढ सय घर जाेखिममा परेका छन् ।
पोखरा-२५ सुईखेतमा आज (शनिबार) बिहानै डेढ सय घर डुवेका हुन् । पहिरो खसेर खोला थुनिएपछि निकास रोकिएको छ । त्यहाँका डेढ सय घरका प्रभावितलाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ । बस्तीसँगै ब्यावसायिक फार्महरुमा पूर्ण रुपमा क्षति भएको छ ।
त्यस्तै, पोखरा महानगरपालिका-१६ अर्मलास्थित खोलाखेतमा रहेको एक घर पहिरोले बगाएको छ। मानवीय क्षति भने भएको छैन् । अन्य क्षेत्रमा पनि सडक बगाएको छ। यातायात अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्