फिदिम नगरपालिकाले ल्यायो ९८ करोडको बजेट « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


फिदिम नगरपालिकाले ल्यायो ९८ करोडको बजेट


78
Shares

पाँचथर । पाँचथर जिल्लाको एक मात्र नगरपालिका फिदिम नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ९८ करोड ७४ लाख ७६ हजार ६ सय २० रुपैयाँको बजेट ल्याएको छ ।

जसमा सामाजिक विकास तर्फ ४४ करोड ३३ लाख ५ हजार ४ सय ६३ रुपैयाँ, आर्थिक विकास तर्फ ६ करोड ८० लाख ७५ हजार ५ सय रुपैयाँ, पूर्वाधार विकास तर्फ ३१ करोड २६ लाख ६३ हजार ४ सय ७ रुपैया विनियोजन गरेको छ ।

सार्वजनिक सेवा तथा क्षमता बिकास तर्फ २ करोड ७६ लाख ४४ हजार २ सय ५० रुपैयाँ, वातावरण तथा विपत व्यवस्थापन तर्फ २ करोड १२ लाख ८८ हजार र प्रशासनिक खर्च तर्फ ११ करोड ६५ विनियोजन गरेको छ ।