
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँँणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जान लागेका हजयात्रीलाई बिदाई गर्नुभयकाे छ ।
उहाँले आज (शुक्रबार) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर हजयात्रा गर्न जान लागेका १ सय १३ हजयात्रीलाई बिदाई गर्नुभएकाे हाे । यसवर्ष हज गर्न नेपालका लागि छुट्याइएकाे ५ सय ५५ जनाको कोटामध्ये शुक्रबार अन्तिम टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
हजयात्रीलाई बिदाई गर्दै गृहमन्त्री खाँणले सरकारले सबै धर्मलाई उत्तिकै सम्मान गर्ने बताउनुभएकाे छ । हज गर्न जाने परम्पराले विश्वभर नेपालको पहिचान गराउँदै भाइचाराको सम्बन्ध विस्तार हुने समेत उहाँकाे तर्क छ ।
प्रतिक्रिया दिनुहोस्