कुहिने र नकुहिने फोहोर घरमै छुट्याउन काठमाडौं महानगरको अनुरोध « Imagekhabar – Online News Portal of Nepal
१३ असार २०७९, सोमबार | Tue Jun 28 2022


कुहिने र नकुहिने फोहोर घरमै छुट्याउन काठमाडौं महानगरको अनुरोध


247
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने बताएको छ ।

महानगरले एक सुचना जारी गर्दै कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले दुई प्रकारको फोहोर संकलनका लागि बेग्लाबेग्लै दिन गाडी पठाइने जनाएको छ ।

घरमा नै फोहोर कुहिने र नकुहिने नछुट्याए त्यस्ता फोहोर नउठाउने पनि महानगरले जनाएको छ ।

कुहिने र नकुहिने फोहोर एकै ठाउँमा राखेमा प्रत्येक पटक पाँच सयका दरले जरिवाना हुने पनि महानगरको वातावरण तथा कृषि विभागले जानकारी दिएको छ ।