१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


विवरण नबुझाउने कम्पनीलाई नवीकरणमा फेरि छुट


702
Shares

काठमाडौं । सरकारले नियमित विवरण बुझाउने प्राइभेट र्फम तथा कम्पनीलाई नवीकरण शुल्कमा फेरी छुट दिने भएको छ ।

कम्पनी रजिष्ट्रारको कार्यलयका अनुसार आगामी पुस मसान्तभित्र विवरण बुझाउने कम्पनीहरूले यस्तो छुट सुविधा पाउने छन् । जसअनुसार नवीकरण र शुल्क बक्यौता रहेका कम्पनीहरूले पुस मसान्तभित्र विवरण बुझाएमा जरिवाना तथा शुल्कको पाँच प्रतिशत रकममात्र राजस्व जम्मा गरे पुग्नेछ ।

चालू आर्थिक वर्षको बजेट र आर्थिक ऐनमा पनि यो व्यवस्था थियो । सरकारको निर्णयपछि आर्थिक वर्ष २०७६/०७७ सम्मको वार्षिक विवरण नबुझाउने कम्पनीहरूले आर्थिक लाभ पाउनेछन् ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।