Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


अन्नपूर्णमा बेपत्ता थप दुईको शव फेला


0
Shares

कास्की, बैशाख १४ । गत माघ ३ गते अन्नपूर्ण क्षेत्रमा पदयात्राका क्रममा हिमपहिरोमा परी हराएका चार कोरियन र तीन नेपालीमध्ये थप दुई जनाको शव फेला परेको छ ।

पदयात्राको कास्की अन्नपूर्ण गाँउपालिका–११ स्थित तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गएको हिमपहिरोमा हराएका दुई जनाको शव शनिबार साँझ घटनास्थल नजिक मोदी नदी किनारमा स्थानीयवासी तथा प्रहरीले फेला पारेपछि आइतबार ल्याउने प्रक्रिया शुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा मुचुल्का टोली घटनास्थलमा पुगिसकेको र फेला परेको शव कोरियनको भएको बताइए पनि सनाखत भइनसकेको उनको भनाइ छ ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत शव ल्याउने तयारी गरिएको बताइन्छ । हराएका तीन नेपालीमध्ये दुई जनाको यसअघि नै शव फेला परेको थियो । सो पहिरोमा हराएका नेपाली पर्यटक पथप्रदर्शक सरोज परियारको गत चैतमा शव फेला परेको थियो भने अर्का एक नेपाली मेमबहादुर तामाङको शव गत वैशाख ११ गते फेला परेको थियो । रासस